ad ad

समाज


राति मौसम कहाँ कस्तो होला?

राति मौसम कहाँ कस्तो होला?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज ६, २०८१ आइतबार १८:५३, काठमाडौँ

हाल (आइतबार साँझ) लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली छ। अनि कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार मौसम आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिनु हो भने साधारणतया बदली भनेको सम्बन्धित क्षेत्रको आकाशमध्ये ५१ देखि ७५ प्रतिशतसम्म भागमा बादल लाग्नु हो। यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।   

मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा पहाडी क्षेत्रका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मौसमविद्का अनुसार मौसम मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाशमध्ये २५ प्रतिशत भागमा मात्र बादल देखिनु हो भने मध्यम वर्षा भनेको १० मिलिमिटरभन्दा माथि, ५० मिलिमिटरभन्दा मुनिको वर्षा हो।  

यसैबीच आज राति काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने भए पनि पानी पर्ने सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .