ad ad

राजनीति


छवि पक्राउ परेपछि रविसहित पार्टी कार्यालयमा भेला भए रास्वपाका नेताहरू

छवि पक्राउ परेपछि रविसहित पार्टी कार्यालयमा भेला भए रास्वपाका नेताहरू

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८१ आइतबार १८:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी केन्द्रीय कार्यालयमा भेला भएका छन्। सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालय चःमतिमा भेला भएका हुन्। 

यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन्। 

रास्वपाका एक नेताका अनुसार, छविको पक्राउपछि हुनसक्ने सम्भावित परिदृश्यका बारेमा आन्तरिक रणनीति बनाउन उनीहरू जम्मा भएका हुन्। 

‘नियमित भेटघाट लगायतका कुरा भइरहेको छ, प्रहरीबाट अहिलेसम्म त्यस्तो केही आएको छैन,’ ती नेताले भने। 

साथै, सभापति लामिछाने पनि पक्राउ पर्न लागेको हो कि भन्ने संशय पार्टीका नेताहरूमा रहेको ती नेता बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .