ad ad

समाज


संविधान दिवसमा ‘दलितलाई खै’ अभियानको प्रदर्शन (तस्बिरहरू)

संविधान दिवसमा ‘दलितलाई खै’ अभियानको प्रदर्शन (तस्बिरहरू)

सरोज बैजु
असोज ३, २०८१ बिहिबार ११:५२, काठमाडौँ

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ। 

गत साउन २३ देखि सुरु गरिएको अभियान अन्तर्गत आज संविधान दिवसमा पनि माइतीघर मण्डलमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिएको हो। 

‘संविधान बन्यो दलितलाई खोइ!’ , ‘लोकतन्त्र आयो दलितलाई खोइ!’ लगायतका नाराहरू लगाइएका थिए।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर दलितलाई खै? भन्दै प्रदर्शन गरेका हुन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .