ad ad

समाज


दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा २ महिलाको मृत्यु, चार जना घाइते

दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा २ महिलाको मृत्यु, चार जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
भदौ ३०, २०८१ आइतबार २१:४६, काठमाडौँ

दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका–४ कोठेडाँडा स्थित जुगु झ्याकु भित्री कच्ची सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्।

सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दोलखाको गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष अन्दाजी ७५ कि काली शेर्पा र सोही स्थानकी अन्दाजी वर्ष ६० की पसि शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ को निङमा शेर्पा (बायाँ खुट्टा र निधारमा चोट अबस्था मध्यम), वर्ष ६० को निङमार तामाङ (चालक), वर्ष ६५ की अनसु शेर्पा, र वर्ष २२ की डम्मा शर्पा रहेका छन्।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिँगटीबाट प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटि घाइतेको उद्धार गरेर अस्पताल पठाएको थियो।

दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .