ad ad

समाज


विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १९:३०, काठमाडौँ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेशिया र दुवई लगायतका देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा महोत्तरी सानेमा गाउँपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव,

यस्तै, खोटाङको रावाबेसी गाउँपालिका–३ घर भइ हाल चाबहिल बस्ने वर्ष २५को राम प्रसाद रिजाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भइ काठमाडौंको बौद्धआरुबारी बस्ने वर्ष २०को सुजन स्याङबो रहेका छन्।

यादवले तीनजनाबाट तीन लाख, रिजालले तीन जनाबाट २ लाख ४० हजार र स्याङ्बोले एक जनाबाट १ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ।

उनीहरुले रकम लिएपछि पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले जाहेरी दिएका थिए। तीनैजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .