ad ad

समाज


त्रिभुवन विमानस्थलबाट १ किलो २६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलो २६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १९:४५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट १ किलो २ सय ६० ग्राम सुन बरामद भएको छ।

विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले आगन्तुकको ब्यागेज पुनः चेकजाँच गर्ने क्रममा १ किलो २ सय ६०ग्राम (प्याकेज सहित) सुन जस्तो पदार्थ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त सुनसहित थाइ एयर मार्फत बैंककबाट आएकी वर्ष ३७ की भारतीय नागरिक सुमित्रा देवी लक्ष्मण रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्ध तरल अवस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सो पदार्थ बरामद भएको हो।

उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरी बृत्तमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .