ad ad

समाज


उपरथी शाहसहित तीन जनाले पाए दर्ज्यानी चिन्ह

उपरथी शाहसहित तीन जनाले पाए दर्ज्यानी चिन्ह

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:०, काठमाडौँ

नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा बढुवा भएका ध्रुवप्रकाश शाहले दर्ज्यानी चिन्ह पाएका छन्।

प्रधान सेनापति अशोकराज सिग्देलले बिहीबार सेनाको मुख्यालय जंगी अड्डामा एक समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

शाह भदौ २४ गतेको मन्त्रिपरिषद् निर्णयबाट उपरथी पदमा बढुवा भएका थिए।

पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानीबाट सहायक रथी दर्जामा पदोन्नति भएका अनुप अधिकारीलाई र प्रमुख सेनानीबाट महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिस्ट डा. रिवाज कार्कीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नत रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .