काठमाडौंको अत्तरखेलमा आज अन्तर विद्यालय प्रतिभा प्रस्फुटन प्रतियोगिता आयोजना भएको छ।
एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) गोकर्णेश्वर नगर समितिले प्रतियोगिताको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाक अर्थ समितिका सभापति सन्तोष चालिसेले साना बालबालिकाहरूलाई यस्ता खालका कार्यक्रम आवश्यक भएको बताए।

सभापति चालिसेले भने, ‘तपाईहरुको यो कार्यक्रम अत्यन्त राम्रो छ, स–साना नानीबाबुहरूको प्रस्तुतिले मन जितेको छ। आजका दिनसम्म विभिन्न कार्यक्रममा गएँ तर यस्तो साना नानीबाबुहरूलाई संस्कार, सङ्गीत, नृत्य र गायनमा प्रोत्साहन गर्ने किसिमको कार्यक्रम देखेको थिइनँ।’
साना बालबालिकाहरूलाई मञ्च र अवसर प्रदान गरेकोमा अपेन गोकर्णेश्वर नगर समितिलाई धन्यवाद दिंदै सभापति चालिसेले आगामी दिनमा पनि बालबालिकाहरूलाई यस्ता खाले अवसर निरन्तर रुपमा प्रदान गर्न आग्रह गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकामा रहेका १५ वटा प्रि स्कुलका करिब २०० विद्यार्थीले नृत्य, सङ्गीत र गायनमा सहभागी हुँदै आफ्नो प्रतिभा देखाएका थिए।
प्रतियोगितामा सहभागी बालबालिकाहरूलाई मेडल, टोकन अफ लभ र प्रमाणपत्र सहित सम्मान गरिएको अपेन गोकर्णेश्वर नगर समितिका कोषाध्यक्ष राजन पौडेलले जानकारी दिए।

Shares

प्रतिक्रिया