ad ad

समाज


बिहान-बिहान चिसो हुन थालेको हो?

बिहान-बिहान चिसो हुन थालेको हो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २५, २०८१ मंगलबार ८:४५, काठमाडौँ

अचेल काठमाडौँ उपत्यकामा बिहान–बिहान हल्का चिसो महसुस हुन थालेको छ। 

अब तापक्रम घट्न थालेको हो?

मंगलबार (आज) बिहान नेपालखबरले राखेको जिज्ञासामा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धले अब बिस्तारै तापक्रम घट्न थालेको बताइन्। 

‘अब बिहान–बिहान अलि शीतल र चिसो हुन थालेको छ’, उनले भनिन्, ‘अब क्रमिक रूपमा तापक्रम घट्दै जान्छ।’

मौसमविद् मानन्धरका अनुसार अब बिस्तारै दिन छोटो र रात लामो हुँदै छ। रात लामो भएपछि बिहान न्यूनतम तापक्रम घट्छ। 

‘सेप्टेम्बर २३ तारिखपछि प्रत्यक्ष रूपमा महसुस हुने गरी तापक्रम घट्छ’, उनले भनिन्, ‘किनभने त्यस दिनदेखि दिन छोटो र रात लामो हुन्छ।’ 

उनका अनुसार मनसुन (वर्षा गराउने मौसम प्रणाली) बाहिरिने मिति पनि नजिकिँदै छ। ‘नेपालबाट मनसुन बाहिरिने औसत मिति आगामी अक्टोबर २ तारिख हो’, उनले भनिन्, ‘त्यसपछि पोस्ट मनसुन सिजन हुन्छ।’ 

यस हिसाबले अब बर्खा बिदा हुन २०/२५ दिन मात्र बाँकी छ। ‘तर मनसुन ठ्याक्कै त्यही मितिमा बाहिरिन्छ भन्ने हुँदैन’, मौसमविद् मानन्धरले भनिन्, ‘केही दिन त्यसको असर रहन्छ।’ 

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिन छिटो जेठ २८ अर्थात् जुन १० का दिन कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो। 

मनसुन बिदा भएपछि पोस्ट मनसुन सिजन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

कहाँको तापक्रम कति छ अचेल?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .