ad ad

समाज


हालसम्मका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउँछौँ : मन्त्री पाण्डे

हालसम्मका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउँछौँ : मन्त्री पाण्डे

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार १७:४८, काठमाडौँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने बताएका छन्।  

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। मन्त्री पाण्डेले भने, ‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन्। तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नुपर्नेछ। उड्डयन सुरक्षाका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउनेछौँ। त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’

उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको र प्रतिवेदन सत्यतथ्यनजिक पुगेको बताए।

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी पनि दिए। उक्त विधेयक चाँडै संसदमा पेस गरिने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .