समाज


माछा मार्न जाँदा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटियो

माछा मार्न जाँदा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटियो

नेपालखबर
भदौ २३, २०८१ आइतबार १४:४५, काठमाडौँ

गत शुक्रबार गएका चितवनको राप्ती नदीमा माछा मार्न जाँदा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ। शव फेला पर्नेमा भरतपुर महानगरपालिका–२५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेको चितवन प्रहरीले जनाएको छ।

चौधरीको शव घटना स्थलभन्दा ६ किलोमिटर तल फेला परेको हो। 

आइतबार (आज) दिउँसो १२ बजेतिरको समयमा चौधरीको शव फेला परेको चितवन प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए। 

शुक्रबार भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न चौधरी सँगै भरतपुर–२७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए।

अर्का बेपत्ता परियारको भने नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad