ad ad

समाज


बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु, अमेरिकी नागरिकसहित २ जना घाइते

बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु, अमेरिकी नागरिकसहित २ जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १२:१६, काठमाडौँ

आज बिहान बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो। 

त्यस्तै घटनामा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।

उनीहरूको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

घाइतेको परिचय उपलब्ध हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .