ad ad

समाज


व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद सुनाइएका चौरसिया १७ वर्षपछि पक्राउ

व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद सुनाइएका चौरसिया १७ वर्षपछि पक्राउ

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १६:३६, काठमाडौँ

२०६४ सालमा पर्सामा भएको हत्याका एक फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा साविक बहुअर्वाभाठा–३ (परिवर्तित विन्दवासिनी गाउँपालिका २) का ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसिया रहेका छन्।

२०६४ वैशाख २५ गते चौरसिया समेतका चार जना व्यक्तिहरूले साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनलाई जग्गाको विषयमा छलफल गर्ने भनी बोलाई कट्टा पेस्तोलले दुई राउण्ड गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

अर्को दिन वडा नं. ६ मा मृतक विनको शव फेला परेको थियो।

मृतक ढोडा मुखिया विन र अर्को एकजना व्यक्तिले एउटै जग्गा खरिद गर्नका लागि एउटै जग्गा धनीलाई वैना दिएको अनुसन्धानका क्रममा खुलेको थियो।

उक्त वैना रकम सम्बन्धी विवादका कारण सो रकम फिर्ता गर्न नपरोस् भन्ने मनसायले जग्गा धनी समेतका व्यक्तिहरूले मिलोमतो गरी गोली हानी ढोडाको हत्या गरेको खुल्न आएको थियो।

वारदात पश्चात नेपालबाट भागी फरार भई रक्सौल, भारतमा लुकिछिपि बस्दै आइरहेका चौरसियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल आउने क्रममा यही भदौ १९ गते विरगञ्ज–१६ बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

मृतकको भाई नाता पर्ने गरीब मुखिया विनको जाहेरीले कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ मा चौरसियालाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नम्बर बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गरेको थियो।

सोही फैसला कार्यान्वयनका लागि निजलाई आज (भदौ२० गते) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .