ad ad

समाज


तनहुँमा ६ वटा गाडी ठोक्किए

तनहुँमा ६ वटा गाडी ठोक्किए

नेपालखबर
भदौ १२, २०८१ बुधबार १९:२७, काठमाडौँ

तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ। सो दुर्घटनामा ४ जना घाइते भएका छन्।

बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक बसको ब्रेक फेल भएपछि सो घटना हुन पुगेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्कियो।

ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग३च ८३९० नम्बरको बलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग१ख ९५६१ नम्बरको बसमा ठोक्किन पुग्यो।

यस्तै उक्त बसले फेरि ना१च ८४३४ नम्बरको बलेरो तथा  उक्त बलेरोले ना२ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ग३च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, वलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कडेल र ना१च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन्।

घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .