ad ad

समाज


प्रकाश तामाङलाई व्यवसाय गर्न सहयोग गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

प्रकाश तामाङलाई व्यवसाय गर्न सहयोग गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

नेपालखबर
भदौ १२, २०८१ बुधबार १६:२०, काठमाडौँ

‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोसी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए। 

कोसी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए। 

संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए। 

‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो,’ उनले भने, ‘त्यो नभएपछि उहाँको सिपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ।’

पत्रकार विद्या चापागाईंले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो।

३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा युटुव च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .