समाज


बस दुर्घटनामा तीनको मृत्यु

बस दुर्घटनामा तीनको मृत्यु

नेपालखबर
फागुन २१, २०७६ बुधबार १६:८,

मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्तक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी १८ जना घाइते भएका छन्।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेको घटनास्थलबाट उद्धार कार्य हुँदैछ। घटनास्थलतर्फ एम्बुलेन्स पठाइएको छ। थप विवरण आउन बाँकी रहेको बताइएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad