ad ad

समाज


राशिफल १२ भदौ : कन्याले कार्य क्षेत्रमा प्रभुत्व जमाउने, तुला प्रेमीबाट टाढिनुपर्ने, कुम्भको मतिभ्रष्ट हुने, तपाईँको के?

राशिफल १२ भदौ : कन्याले कार्य क्षेत्रमा प्रभुत्व जमाउने, तुला प्रेमीबाट टाढिनुपर्ने, कुम्भको मतिभ्रष्ट हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ १२, २०८१ बुधबार ४:३४, काठमाडौँ

आज बुधबार, १२ भदौ २०८१ (२८ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका जुर्नेछ। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा रमाइलो हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : जिद्दीपनले गर्दा काम बिग्रनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिँदा अप्ठ्यारो पर्न सक्छ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन नकार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा भने वैदेशिक क्षेत्रको राम्रो समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : आयव्यय बराबरी हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ घ्यू रङ रहेको छ भने अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। औषधोपचारमा खर्च बढ्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : मनमा शान्ति छाउनेछ। रोकिएको धन हात पर्ला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट मनग्गे लाभ हुनेछ। अरूलाई प्रभावमा पार्न सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घरजग्गा खरिद तथा बिक्रीको योग छ। लक्ष्मी प्रसन्न हुनेछिन्। जटिल ठानिएको काम समेत सम्पादन हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनको योग छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला। चलाखीपूर्ण तरिकाले काम गर्नुपर्ने देखिन्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्धमा उतारचढाव आउन सक्छ। वैदेशिक क्षेत्र राम्रै हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९  र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : अधुरा काम सुचारु हुनेछन्। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .