समाज


आँबुखैरेनी दुर्घटनाबारे गृहमन्त्री लेखकले गराए भारतीय राज्यमन्त्रीलाई जानकारी

आँबुखैरेनी दुर्घटनाबारे गृहमन्त्री लेखकले गराए भारतीय राज्यमन्त्रीलाई जानकारी

नेपालखबर
भदौ ८, २०८१ शनिबार १४:४९, काठमाडौँ

तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाबारे गृहमन्त्री रमेश लेखकले भारत सरकारकी युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्सेलेलाई जानकारी गराएका छन्। 

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनामा परी घाइते नागरिकहरूलाई भेट गरेपछि सिंहदरबारमा आयोजित भेटघाटमा गृहमन्त्री लेखकले घटनाबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ। 

राज्यमन्त्री खड्सेलेले त्रिवि शिक्षण अस्पताल पुगेर दुर्घटनाका घाइतेहरूलाई भेट गरेकी थिइन्।

भेटमा उनले दुर्घटनालगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताएका थिए।

बिरामीहरूको उपचार राम्रोसँग भइरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताएका छन्।

त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरूको शव भारत पठाउने विषयमा पनि छलफल भएको थियो। 

भाद्र ७ गते (हिजो) बिहान करिब साढे ११ बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad