ad ad

समाज


तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले भेटे

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले भेटे

नेपालखबर
भदौ ८, २०८१ शनिबार १४:१०, काठमाडौँ

तनहुँको आँबुखैरेनी–४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले भेट गरेका छन्।

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न नेपाल शनिबार आएकी राज्यमन्त्री खड्सेसँग गृहमन्त्री लेखकको अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्नेक्रममा भेट भएको हो।

भेटमा उनले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताएका थिए भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकी थिइन्।

बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले जानकारी दिए। उनले मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .