ad ad

समाज


भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा ६५ वर्षीय वृद्धको मृत्यु

भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १९:४५, काठमाडौँ

भक्तपुरको भक्तपुर नगरपालिका–९ चोखामरु चोकमा टिपरले साइकललाई ठक्कर दिँदा साइकल चालकको ज्यान गएको छ।

खरिपाटीबाट भाने चोकतर्फ जाँदै गरेको बाग्मती ४ ख. ४९३१ नं. को टिपरले साइकललाई ठक्कर दिँदा साइकल चालक भक्तपुर नगरपालिका– ८ लिवाली बस्ने वर्ष ६५ को आसनारा कोजुको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भइ उपचारका लागि ख्वपा अस्पताल च्यामासिंह लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल भक्तपुर भानेचोक बस्ने वर्ष ३३ को अमिर तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .