ad ad

समाज


बाढी, पहिरोलगायतका विपद्‍मा परी १९५ को मृत्यु

बाढी, पहिरोलगायतका विपद्‍मा परी १९५ को मृत्यु

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १९:५८, काठमाडौँ

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ।

बाढी, पहिरोलगायतका विपद् परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४७ जना घाइते भएका छन्।

बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी आज सम्म जम्मा दुई सय दश जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए।

उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।’

बाढीका कारण हालसम्म जम्मा चार सय आठ घर डुबानमा परेका प्रहरीले जनाएको छ। तीन सय ४२ वटा घर, एक सय २१ वटा गोठ, ५१ वटा पुल, छ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

बाढी पहिरोले नौ सय नौ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट पाँच हजार आठ सय ८३ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .