ad ad

समाज


यी हुन् आबुँखैरेनी बस दुर्घटनाका २२ घाइते, कसको अवस्था कस्तो छ? (विवरणसहित)

यी हुन् आबुँखैरेनी बस दुर्घटनाका २२ घाइते, कसको अवस्था कस्तो छ? (विवरणसहित)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १७:७, काठमाडौँ

तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरो भन्ने ठाउँमा भएको बस दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये २२ जना घाइते भएका छन् भने १ जना अझै बेपत्ता छन्। 

घाइते मध्ये १२ जनालाई हेलिकप्टरमार्फत सवा ३ बजे काठमाडौँ ल्याइसकिएको छ। उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

अन्य घाइतेलाई पनि लिन नेपाली सेनाको हेलिकोप्टर आँबुखैरेनी गएको छ। केहीबेरमा अन्य घाइतेलाई पनि काठमाडौँ ल्याएर उपचार गरिने प्रहरीले जनाएको छ। 

दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौँका लागि पोखराबाट हिँडेका थिए। उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीमा दुर्घटनामा परेको थियो।

यस्तो छ २२ घाइतेको अवस्थाः

१) वतन नखुलेका ६० वर्षीय सुनिल झाण्डेसहितलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको हो।  सुनिलको कम्मरमा चोट र बोल्न नसक्ने अवस्थामा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। 
२) वतन नखुलेको  बर्ष  ४५ की भारती पटेल  अनुहारमा र शरिरको बिभिन्न  भागमा चोट रहेको अवस्था सिरियस। थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौँ ल्याइएको।
३) वतन नखुलेको बर्ष ३२ को अबिनास पटेल दुबै खुट्टा र छातीमा चोट अबस्था सिरियस। टिचिङ अस्पताल काठमाडौँमा उपचार हुँदै।
४) वतन नखुलेको बर्ष ४५ की रेखा कोटी अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाउमा चोट टिचिङ अस्पतालमा उपचार हुँदै।
५) वतन नखुलेको  बर्ष ५५ को न्यारेश्वर नोन्डे अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाउमा चोट टिचिङ अस्पताल काठमाण्डौमा उपचार हुँदै।
६) वतन नखुलेको बर्ष ५८ को आनन्द इक्ले अवस्था सिरियस रहेको,शरिरको बिभिन्न ठाउमा चोट टिचिङ अस्पतालमा उपचार हुँदै।
७) वतन नखुलेको बर्ष ६० की आशा पाण्डुरा पटेल अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाँउमा चोट टिचिङ अस्पतालमा उपचार हुँदै।
८) वतन नखुलेको बर्ष ६० की सारदा पटेल अवस्था सिरियस रहेको बिभिन्न  ठाउमा चोट रहेको टिचिङ अस्पतालमा उपचार हुँदै।
९) वतन नखुलेको बर्ष ५५ को प्रबिन पटेल अनुहारमा र दुबै हात खुट्टामा चोट रहेको अवस्था सिरियस टिचिङ अस्पतालमा उपचार हुँदै।
१०) वतन नखुलेको बर्ष ५६ को हेमराज सरौती  अवस्था मध्यम बोल्न सक्ने शरिरको  बिभिन्न  ठाउमा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै।
११) वतन नखुलेको बर्ष ५८ की आशा बोन्डे  दुबै हातमा र अनुहारमा चोट  अवस्था सिरियस रहेको, टिचिङ अस्पतालमा उपचार हुँदै।
१२) वतन नखुलेको बर्ष ४३ की रुपाली सरौदी  बिभिन्न ठाँमा चोट अवस्थामा सिरियस रहेको टिचिङ अस्पतालमा उपचार हुँदै।

आबुँखैरेनीमा रहेका घाइतेहरूः
१३) वतन नखुलेकी बर्ष ४५ की सिमा झिङ्गठे,शरीरको बिभिन्न भागमा चोट,सिरियस 
१४) वतन नखुलेको बर्ष ६० को सुनोदिन झाउडे शरीरको बिभिन्न भागमा चोट,सिरियस
१५) वतन नखुलेको बर्ष ५१ की सरला  तुलसीराम  तायडे  अवस्था सिरियस शरिरिको बिभिन्न ठाउँमा चोट 
१६) वतन नखुलेकी बर्ष ५६ की भारती जाउडे अवस्था सिरियस शरिरको बिभिन्न ठाउमा चोट 
१७) वतन नखुलेको बर्ष ५५ की नेलिमा घेरोङ शरीरको बिभिन्न भागमा चोट,सिरियस 
१८) वतन नखुलेको बर्ष १० को बडि भारते शरीरको बिभिन्न भागमा चोट,सिरियस
१९) वतन नखुलेको बर्ष ३५ को शुष्मा भारते शरीरको विभिन्न भागमा चोट, अवस्था सिरियस
२०)वतन नखुलेको बर्ष ४० की   मनिषा भङगाडे अवस्था सिरियस रहेको
२१) वतन नखुलेको बर्ष अं ३५–४० को पुरुष ब्यक्ती शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस रहेको
२२) नाम थर वतन नखुलेको अ बर्ष २५ अनुद सरद अबस्था बेहोस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .