समाज


ढुंगा खसेको देखेर चालक आत्तिँदा मुग्लिन-नारायणगढ सडकमा पल्टियो बस, २५ जना घाइते

ढुंगा खसेको देखेर चालक आत्तिँदा मुग्लिन-नारायणगढ सडकमा पल्टियो बस, २५ जना घाइते

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १५:४८, मकवानपुर (हेटौंडा)

मुग्लिन–नारायणगढ सडकअन्तर्गत भरतपुर महानगरपालिका–२७ स्थित १७ किलो भन्ने ठाउँमा यात्रु बस दुर्घटनामा परेको छ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनामा परेको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए। 

पोखरातर्फ गइरहेको बसको अगाडिपट्टी ढुंगा खसेको देखेपछि चालक आत्तिएर दुर्घटना भएको प्रहरीले बताएको छ। बसलाई ढुंगाले भने लागेको थिएन।

प्रवक्ता रिजालका अनुसार, बसमा ३३ जना सवार थिए। तीमध्ये २५ जना घाइते भएका छन्। 

घाइतेहरूको पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र सरकारी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। 

बसका चालक भने फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad