ad ad

समाज


आँबुखैरेनी बस दुर्घटनाका १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

एक जनाको चितवन मेडिकल कलेजमा उपचार हुँदै
आँबुखैरेनी बस दुर्घटनाका १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १५:३७, काठमाडौँ

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको तनहुँका प्रहरी प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले नेपालखबरलाई जानकारी दिए। 

उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ।

उनका अनुसार, एक जना घाइतेलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको छ। 

भारतको गोरखपुरबाट नेपाल आएका उनीहरू पोखरा हुँदै काठमाडौँ आउने क्रममा तनहुँको आँबुखैरेनीमा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन्। अन्यको खोजी कार्य जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .