मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो खसेको छ। हिमपहिरो खसेर अहिले त्यहाँस्थित छिप्लुङ खोलासमेत थुनिएको वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, सो खोलाको किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम चलिरहेको छ। झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएपछि निरीक्षणका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ।
टोलीले ड्रोन क्यामेराको सहायतामा निरीक्षण गर्दा हिमपहिरो खसेको पाइएको हो। थुनिएको नदी बग्दै बोक्से भन्ने खोलामा मिसिन्छ।
बोक्सेमा मिसिने सो नदीबाट पानी आउन छाडेपछि स्थानीय सरकारसहित प्रहरीले निरीक्षण थालेको थियो।
771
Shares
प्रतिक्रिया