समाज


गल्छी दुर्घटना : यी हुन् ६ घाइते (विवरणसहित)

गल्छी दुर्घटना : यी हुन् ६ घाइते (विवरणसहित)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १५:१४, काठमाडौँ

धादिङको गल्छी गाउँपालिका–७ स्थित सिमबजारमा काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको माइक्रो बस दुर्घटनामामा घाइते भएकाहरूको पहिचान खुलेको छ।

काठमाडौँबाट गण्डकी जाँदै गरेको गण्डकी एफएए ०१२१ नम्बरको माइक्रोबस सडकमै पल्टिँदा माइक्रोमा सवार १५ जनामध्ये ६ जना घाइते भएका थिए। 

घाइते हुनेहरूमा काइक्रो चालक तनहुँको घिरिङ गाउँपालिका–२ बस्ने वर्ष ३० को लिल बहादुर राना (दायाँ हात र कुममा चोट, अवस्था सामान्य), नवलपुरको बुङ्दीकालिका गाउँपालिका–२ बस्ने ३६ बर्षीया विमला श्रेष्ठ (दायाँ छातिमा चोट, अवस्था सामान्य), तनहुँको भिमात नगरपालिका–४ बस्ने ५० बर्षीया नैना परियार (टाउको र दाया हातको कुममा चोट अवस्था मध्यम) रहेका छन्। 

यस्तै, डोटी जिल्ला आदर्श गाउँपालिका–१ बस्ने वर्ष ३५ को लोकेश खड्का (बायाँ खुट्टामा चोट, अवस्था सामान्य), लोकेशका छोरा ५ बर्षका शिरामनाथ खड्का (बायाँ गाला र बायाँ आँखामा चोट, अवस्था सामान्य) र तनहुँको व्यास नगरपालिका–१० बस्ने वर्ष ३६ को करण गुरूङ (ढाडमा चोट अवस्था समान्य) रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, घाइतेहरूको गल्छीस्थित स्मारिका मेडिकलमा उपचार भईरहेको छ भने माइक्रो प्रहरी चौकी गल्छीकोे नियन्त्रणमा रहेको डिएसपी मिश्रले बताए।

माइक्रोमा सवार अन्य यात्रुहरूलाई अर्को सवारीमा गन्तव्यतर्फ पठाइएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad