ad ad

समाज


सीमा सुरक्षाका लागि अग्रस्थानमा रहन सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

सीमा सुरक्षाका लागि अग्रस्थानमा रहन सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

फाइल फोटो


नेपालखबर
भदौ ६, २०८१ बिहिबार २१:३२, चितवन

सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन्।

चितवनको भण्डारमा आज आयोजित सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन्।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताए।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्रसँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गरे।

दोलखाको विगु गाउँपालिका प्रमुख सञ्जीव ओलीले सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रविधिमैत्री र कार्यालय व्यवस्थापनमा राज्यको लगानी बढाउन माग गरे।  

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले अवकाश प्राप्त सशस्त्र र सिमलताल घटनाको उद्धार तथा खोजमा महत्त्वपूर्ण योगदान दिएका सशस्त्र प्रहरी टोलीलाई प्रशंसापत्रबाट विशेष सम्मान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .