ad ad

समाज


चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

सेना र प्रहरीको टोली घटनास्थलमा
चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८१ बिहिबार ९:४८, काठमाडौँ

काठमाडौँ चन्द्रागिरिमा शंकास्पद वस्तु फेला परेको छ।

चन्द्रागिरि नगरपालिका- १२ बलम्बु स्कुल नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा प्रहरी टोली र नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘शंकास्पद वस्तु बम हो/होइन खुलेको छैन,’ अधिकारीले नेपालखबरसँग भने, ‘केही समयपछि नै त्यसको वास्तविकता खुल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .