ad ad

समाज


दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ५, २०८१ बुधबार १२:३, काठमाडौँ

दाङको तुलसीपुरमा आज (बुधबार) बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो। 

उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए। 

‘इनारभित्र उनीहरू बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे’, डीएसपी तिमल्सिनाले नेपालखबरसँग भने। 

इनारभित्र पसेका उनीहरू निस्कन नसकेको सूचना पाउनासाथ प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको नेतृत्वमा तीन जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। तर उद्धार गरी अस्पताल पुर्‍याउनासाथ बिहान ११ बजेतिर डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका हुन्। 

‘प्रायः इनारभित्र अक्सिजन नपुगेर त्यस्तो दुर्घटना हुने गर्छ’, डीएसपी तिमल्सिनाले भने, ‘तर खास कुरो के हो, हामी अनुसन्धान गर्दै छौँ।’

‘इनारभित्र उनीहरू आफैँ पसेका थिए वा कसैले खसालिदियो’, उनले थपे, ‘यो कुरा हामी बुझिरहेका छौँ, तर जहाँसम्म लाग्छ– उनीहरू कामदार थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .