भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ।
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए।
नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो। यही नामले उनी प्रशिद्ध भए।
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो।
जुना अखडाका सबै आश्रममा मंगलबारदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ। उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रासस
1.4k
Shares

प्रतिक्रिया