ad ad

समाज


चीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै

चीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १५:४३,

चीनको ताक्लाकोटबाट भागेर नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। उनको हुम्लाको एक स्वास्थ्य चौकीमा उपचार गर्न थालिएको छ।

काम गर्न चीन गएका ती व्यक्ति आइतबार नेपाल प्रवेश गरेका थिए। 

चीनबाट कोरोनाकै डरले भागेर हुम्ला आइपुगेका उनको मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्।

उनको उपचारका लागि जिल्ला अस्पताल हुम्लाबाट एकजना स्वास्थ्यकर्मी पठाइएको भट्टराईले बताइन्। उनको उपचार भइरहेकाले अहिले नै यही कारण हो भन्न सकिने अवस्था नरहेको प्रजिअ भट्टराईको भनाइ छ।

ताक्लाकोट नाका चिसो बढेसँगै बन्द हुन्छ भने कोरोना संक्रमण बढेपछि चीनले पनि आवतजावतमा कडाइ गरेको छ।

हिउँले ढाकिएको पहाड नाघेर आएकाले ती व्यक्तिको गोडामा समेत गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले नेपालखबरसँग बताए।

भागेर फर्किएका नेपालीबारे प्रहरी प्रधान कार्यालयमा समेत जानकारी गराइसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .