ad ad

समाज


विजय कृष्णमूर्तिसँग के बुझ्न पशुपति पुगेको थियो प्रहरी?

विजय कृष्णमूर्तिसँग के बुझ्न पशुपति पुगेको थियो प्रहरी?

विजय कृष्णमूर्ति


नेपालखबर
भदौ १, २०८१ शनिबार १३:१०, काठमाडौँ

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा साउन १ देखि सञ्चालित कोटिहोम महायज्ञ  शुक्रबार (साउन ३२ गते) सम्पन्न हुँदै थियो। एक महिना लामो महायज्ञ समापनको दिन शुक्रबार राति भने त्यहाँ होहल्ला र तनाव भयो। 

मध्यराति महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति आत्तिँदै फेसबुक लाइभमा देखिए। 

उनी भन्दै थिए, ‘साथीहरू मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबै भक्तजन साथीहरू पशुपतिमा आउनूस्, प्रतिकार गर्नूस्...।’

भिडिओमा उनले आफूले हिन्दुराष्ट्रको माग गरेकाले केपी ओली सरकारले आफूलाई पक्राउ गर्न लागेको दाबी गरिरहेका थिए।

त्यसपछि नाराबाजीमा उत्रिएका उनका समर्थक तथा सहयोगीहरूले प्रहरीमाथि नै आक्रमण गर्न थाले। र, अन्ततः सादा पोसाकमा खटिएका प्रहरी त्यसै फर्किन बाध्य भए। 

झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरले विजयसँग केही ‘सोधपुछ’ गर्नुपर्ने भएकाले शुक्रबार राति प्रहरी त्यहाँ पुगेको बताएको छ। 

विजय कृष्णमूर्तिसँग के सोधपुछ गर्नुपर्ने थियो त? 

परिसरका एक अधिकृतका अनुसार कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’बारे सोधपुछ गर्नु थियो। 

प्रहरीका अनुसार यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र ठगी मुद्दामा ठगी मुद्दामा १ वर्ष २ महिना जेल बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको अभिलेख छ।

तर विजयले आफूलाई कुनै मुद्दा नलागेको भनेर प्रहरीबाट ‘क्लियर’ प्रमाणपत्र लिएको पाइएको प्रहरीको दाबी छ। 

उनले ‘मिलेमतो’मा यस्तो गलत प्रहरी रिपोर्ट लिएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

‘सो रिपोर्ट कहाँबाट आयो भन्ने विषयमा सोधपुछ गर्न प्रहरी गएको थियो’, परिसरका ती अधिकृतले नेपालखबरसँग भने। 

त्यसका लागि प्रहरीले उनलाई बोलाएको थियो। तर झडप भएपछि विजयसँग सोधपुछ नगरी प्रहरी फर्किन बाध्य भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .