ad ad

समाज


बेचन झाको थुनछेक बहस सकिएन

बेचन झाको थुनछेक बहस सकिएन

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १५:१६, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस शुक्रबार पनि हेर्दाहेर्दैमा गएको छ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार थुनछेक बहस सुरु भएको हो।

तर बहस नसकिएकाले आइतबारलाई हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।

मंगलबार उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको हो।

पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

झा समेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

बेचनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ।

यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांस प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .