समाज


गोकर्णेश्वरको मनकामना ऊन उद्योगमा आगलागी

गोकर्णेश्वरको मनकामना ऊन उद्योगमा आगलागी

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १८:४३, काठमाडौँ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल भूमिस्थली स्थित मनकामना ऊन उद्योगमा आगलागी भएको छ।

स्थानीय बुद्धीबहादुर कार्कीले सञ्चालन गरेको मनकामना उल क्रेडिङ प्रालिमा शुक्रबार अपरान्ह ४ बजेर २८ मिनेट जाँदा आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

कारखानमा लागेको आगो निभाउन नेपाल प्रहरीको ५० जनाको टोली र नेपाली सेनाको २५ जनाको टोली खटिएको छ।

दमकल र पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad