ad ad

समाज


बंगलादेशमा हिन्दु समुदायप्रति भइरहेको आक्रमण रोक्न दूतावासमा ध्यानाकर्षण

बंगलादेशमा हिन्दु समुदायप्रति भइरहेको आक्रमण रोक्न दूतावासमा ध्यानाकर्षण

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १५:२६, काठमाडौँ

बंगलादेशमा शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशी हिन्दूमाथिको आक्रमणप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवाला निकायहरूले आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौँस्थित बंगलादेशको दूतावास अगाडि सनातन फाउन्डेशन, भारतवर्ष पौराणिक सभ्य समाज लगायतका संस्थाले दबाबमुलक प्रदर्शन गरेका छन्। 

बंगलादेशमा बनेको नयाँ सरकारलाई त्यहाँ रहेका हिन्दुहरूको सुरक्षामा ध्यान पुगोस् भनेर दूतावासमार्फत ध्यानाकर्षण गराइएको सनातन फाउन्डेशनका संयोजक सन्तोष प्रधानले जानकारी दिए। 

उनले हिन्दुमाथिको आक्रमण बढ्दै जाँदा बंगलादेशमा मात्रै नभइ त्यसको असर विश्वभरी पर्नसक्ने भन्दै दूतावासको ध्यानाकर्णषण गराइएको पनि बताए। 

उनीहरूले राजदूतको सचिवालयमार्फत एक ध्यानाकर्षण पत्र पनि पठाएका छन्। 

हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी क्रियाकलाप रहेको उनीहरूको भनाइ छ।

सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिना एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिन बाध्य भइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थिति सबल नहुँदा हसिनाका पार्टीका समर्थक र हिन्दू समुदायमाथि आक्रमण बढेको छ।

९१ प्रतिशत मुस्लिम रहेको बंगलादेशमा दोस्रो ठूलो धर्मावलम्बी हिन्दूहरू करिब आठ प्रतिशत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .