समाज


स्वास्थ्य मन्त्रालयले भन्यो– ‘लामखुट्टे खोज र नष्ट गर’अभियान सञ्चालन गर

स्वास्थ्य मन्त्रालयले भन्यो– ‘लामखुट्टे खोज र नष्ट गर’अभियान सञ्चालन गर

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८१ बिहिबार ९:०, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

डेँगीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेँगीको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेँगी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेँगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। 

मन्त्रालयले सरकारी अस्पताललाई डेँगी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेँगी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ।

प्रवक्ता बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेँगी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए। 

यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेँगी सङ्क्रमण र एक जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad