ad ad

समाज


हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

सरोज बैजु
साउन २३, २०८१ बुधबार १८:२८, काठमाडौँ

बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीसहित चार जना चिनियाँ नागरिकको दुर्घटनामा ज्यान गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .