काठमाडौँको थापाथलीस्थित बागमती नदीको पुलमुनी फसेका तीनवटा कुकुर नदीबाट निस्किएका छन्। नदी किनारमा फसेका कुकुरको उद्धारका लागि क्रेन लगाएर प्रयास गरिएको थियो।
लगत्तै, कुकुरहरू नदीमा हाम फाले। केहीबेरमा ती कुकुरहरू थोरै तल पौडिएर निस्किएका हुन्। कुकुर नदीमा हामफाल्ने बित्तिकै एक युवा पनि पानीमा हाम फालेका थिए। कुकुरसहित ती युवा पनि पौडिएर निस्किएका छन्।
गएरातिदेखि निरन्तर आएको वर्षापछिको बाढीका कारण थापाथली पुलमा नदी सतह बढेर पानीको बहाव निकै माथि पुगिसकेको छ।
चारैतिरबाट पानीको सतह ठूलो हुँदै गएपछि कुकुर त्यहाँबाट हिँड्न सकेका थिएनन्।
भिडिओः
थप तस्बिर:






315
Shares

प्रतिक्रिया