समाज


गाँजा खेति बैधानिक गर्न पूर्वकानुन मन्त्रीद्वारा संसदमा विधेयक दर्ता (भिडियाे)

गाँजा खेति बैधानिक गर्न पूर्वकानुन मन्त्रीद्वारा संसदमा विधेयक दर्ता (भिडियाे)

नेपालखबर
फागुन १९, २०७६ सोमबार ८:५,

गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ।

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले त्यससम्बन्धी नीजि विधेयक सोमबार सचिवालयमा दर्ता गरेका हुन्।

सांसदले नीजि विधेयक दर्ता गर्न पाउने अधिकार प्रयोग गर्दै ल्याइएको साे विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ।

तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले यसबाट किसान तथा समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए।

गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवा विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै थुप्रै रोजगारीका अवसर सिर्जना हुने उनले दाबी गरे।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको हुँदा नेपालमा पनि यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनकाे तर्क छ।

अमेरिका, क्यानडालगायत विश्वका ४० मुलुकले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेका छन्। कानुनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने तामाङको जिकिर छ।
गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख छ।

सांसद तामाङले सो प्रस्तावित कानुनअनुसार नेपालीले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताउनुभयो।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad