ad ad

समाज


सिनामंगलको झर्ना गेस्ट हाउसमा २३ वर्षीय युवक र १९ वर्षीया युवती मृत फेला

सिनामंगलको झर्ना गेस्ट हाउसमा २३ वर्षीय युवक र १९ वर्षीया युवती मृत फेला

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १७:४, काठमाडौँ

काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्की मृत फेला परेका हुन्। 

काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा उनीहरू साउन १५ गतेदेखि बसेको खुलेको छ।

कोठा नम्बर ४०२ मा बस्दै आएका उनीहरू शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउसका कर्मचारी बोलाउन गएका थिए। 

बोलाउँदा नबोलेको र ढोका पनि नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर गरेको एसपी अधिकारीले बताए।

प्रहरीले सवा १ बजेतिर ढोका खोलेर हेर्दा युवतीको घाँटी काटिएको अवस्थामा र पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का लगायत अनुसन्धान अगाडी बढाएको एसपी अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .