ad ad

समाज


भ्रष्टाचार आरोपीको पक्षमा बयान दिने सरकारी साक्षीविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपीको पक्षमा बयान दिने सरकारी साक्षीविरुद्ध मुद्दा दायर

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १५:५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीको पक्षमा विशेष अदालतमा बयान दिएपछि दुईजना सरकारी साक्षीविरुद्ध पनि मुद्दा दायर भएको छ।

पोखरा महानगरपालिकाका कर्मचारी सवइन्जिनियर उषा किरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा (मुद्दा नं ०८०सीआर०१६७) मा सरकारी साक्षीको रुपमा पेश गरिएका चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको ठहर छ।

आयोगले तिवारी र पौडेलले अख्तियारका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–१० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई ३ लाख ५० हजार रुपैयाँ घुस÷रिसवत रकम दिएको अनुसन्धानका क्रममा पुष्टि भएको जनाएको छ।

सो मुद्दामा उनीहरूलाई प्रतिवादी नबनाई सजायमा पूर्ण छुट मागसहित सरकारी साक्षी बनाइएकोमा विशेष अदालतमा बकपत्र विपरित बयान दिएको अख्तियारको आरोप छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निजहरुलाई बिगो ३ लाख ५० हजार रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .