ad ad

समाज


नदी किनारका बस्ती डुबेपछि बालेनले भने : अब तटीय क्षेत्र खाली गराइन्छ

नदी किनारका बस्ती डुबेपछि बालेनले भने : अब तटीय क्षेत्र खाली गराइन्छ

नेपालखबर
साउन १६, २०८१ बुधबार २०:३४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नदी तटीय क्षेत्र खाली गर्ने अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेख्दै उनले ‘पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ’ भन्दै प्रकृतिले पनि
विद्रोह गर्न सक्छ भनेका छन्।

मेयर शाहले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराका कम्तिमा २० मिटर भित्रको जग्गा र अन्य खोला किनाराका कम्तिमा ४ देखि १२ मिटर भित्रको जग्गालाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्मरण गराएका छन्।

यस्तै, उनले सर्वोच्च अदालतको २०८० पुस ३ मा जारी परमादेशले सरकारी मापदण्डका साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घोषणा गरेको स्पष्ट पारेका छन्।

उनले नदी नटीय क्षेत्र खाली गर्ने अभियान प्रभावकारी बनाउने भन्दै मापदण्डविपरीत संरचना नबनाउनसमेत सचेत गराएका छन्।

महानगर प्रमुख शाहले मन्त्रिपरिषदको निर्णयको प्रति र सर्वोच्च अदालतको परमादेशको अंशसमेत सामाजिक सञ्जालमा राखेर ती निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार काठमाडौंका विभिन्न खोला र नदीमा बाढी आउँदा तटीय क्षेत्र डुबानमा पर्नुका साथै एक जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .