ad ad

समाज


काठमाडौँको ढल्कोमा छिमेकीबीचको विवादमा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु, ६ घाइते

काठमाडौँको ढल्कोमा छिमेकीबीचको विवादमा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु, ६ घाइते

नेपालखबर
साउन १६, २०८१ बुधबार २०:५६, काठमाडौँ

काठमाडौं महानगरपालिका–१७, ढल्को, पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी–छिमेकीबीच भएको विवादले झडपको रुप लिँदा एक जनाको ज्यान गएको छ।

घटनामा ६ जना घाइते भएका छन्।

झडपमा खुकुरी प्रहारबाट ३३ वर्षीय अनित पुजारीको ज्यान गएको प्रहरीले जनाएको छ।

झडपमा परी वर्ष अन्दाजी ५४ को किरण पुजारी, वर्ष ४९ को दिनेश पुजारी, वर्ष ४२ को माया पुजारी, वर्ष ३९ को विक्रम पुजारी। र वर्ष २३ को अमृत पुजारी घाइते भएका छन्।

घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी वर्ष १९ को सुजल देउला, वर्ष ३५ को अमृत पुजारी, वर्ष ३४ को सागर देउला, वर्ष ४६ को रबिन्द्र पोडे, वर्ष २९ की कलेनी पुजारी, वर्ष ३५ की टिकामाया पुजारी र वर्ष २२ की सञ्जाली पुजारी रहेका छन्।

धारिलो हतियार खुकुरीसहित प्रहरी बृत्त लैनचौर को नियन्त्रणमा रहेका उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरबाट आवश्यक अनुसन्धान तथा छानबिन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .