समाज


ब्राउन सुगर बिक्री गर्न लागेको अवस्थामा दुईजना पक्राउ

ब्राउन सुगर बिक्री गर्न लागेको अवस्थामा दुईजना पक्राउ

नेपालखबर
साउन १५, २०८१ मंगलबार १५:४०, काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिका–२ जरङखु मेलमिलाप टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– ८ बस्ने वर्ष २२ को रोशन थापा र नुवाकोटको ककनी गाउँपालिका–७ घर हुने वर्ष ३० को राकेश बलामी रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.५ ग्राम र नगद ७ हजार ४ सय रुपैयाँ बरामद गरेको छ।

स्थानीय शोभा श्रेष्ठको घरको भुई तलामा लागुऔषध बिक्री वितरण भई रहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट गएको प्रहरी टोलीले उनीहरुलाई सो पदार्थसहित नियन्त्रणमा लिएको हो।

यससम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad