समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गरेका छन्।
आन्दोलनरत चालकहरूले पत्रकारको स्कुटरसमेत तोडफोड गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड सेयरिङविरुद्ध सार्वजनिक सवारीका चालक र सहचालकले थालेको आन्दोलनको समाचार संकलनका क्रममा रहेका पत्रकारद्वयमाथि आन्दोलनरत चालकहरूले दुर्व्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायमा पु¥याउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।’
Shares

प्रतिक्रिया