ad ad

समाज


सौर्य एयरको जहाज दुर्घटना : आफन्तले बुझे पाँच शव (तस्बिरहरू)

सौर्य एयरको जहाज दुर्घटना : आफन्तले बुझे पाँच शव (तस्बिरहरू)

सरोज बैजु
साउन ११, २०८१ शुक्रबार १८:९, काठमाडौँ

गत असार ९ (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ। 

शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै आफन्तलाई शव बुझाउन थालिएको हो।

पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो। 

त्रिवि परिसरमै शव व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धप पुरी, अश्मिन निरौला र श्याम विन्दुकरको शव आफन्तले बुझेका छन्।

अन्य शवहरू आफन्तहरूको समन्वयमा बुझाइने ती प्रहरी अधिकारीले जानकारी दिए। 

दुर्घटनामा १८ जनाको निधन भएको थियो भने एक जना घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .