थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका बेचन झाको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
उनले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो। बिहीबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पनि प्रशासनकै निर्णयलाई सदर गरेको हो।
काठमाडौं जिल्ला अदालले थुनामा राख्न आदेश दिएपछि उनी यसविरुद्ध सर्वोच्चमा पुगेका थिए। झाले गत असार ३० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
सर्वोच्चले रिट खारेज गरिदिएपछि उनलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ।
झालाई प्रहरीले गत असार १४ गते पक्राउ गरेको थियो।
135
Shares
प्रतिक्रिया