समाज


सौर्य विमान दुर्घटना : बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने

सौर्य विमान दुर्घटना : बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने

नेपालखबर
साउन ९, २०८१ बुधबार १९:५५, काठमाडौँ

त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनाको शोक मनाउन बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

बुधबार सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यस दुखद घडीमा शोकका लागि सम्बत २०८१ साल साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।’

यस्तै, सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको मन्त्री गुरुङले जानकारी दिए।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी रहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन्।

आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ।
     
आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन्। उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad