ad ad

समाज


डेँगी नियन्त्रणका लागि सरकारले खोप आयात गर्छः स्वास्थ्यमन्त्री पौडेल

डेँगी नियन्त्रणका लागि सरकारले खोप आयात गर्छः स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
साउन ८, २०८१ मंगलबार १९:५६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेँगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पेस गरेको डेँगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले खोप खरिद गर्ने जानकारी दिएका हुन्।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउन मन्त्रालयले काम गर्ने बताए।

डेँगीको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई परिचालन गर्ने योजना पनि रहेको मन्त्री पौडेलको भनाइ थियो।

जनचेतना फैलाउन पनि महिला स्वास्थ्य स्वयं सेविका परिचालन उपयोगी हुने उनको विश्वास थियो।

उनले भने, ‘अब यो साउन, भदौ र असोजमा बढी संक्रमित हुने भएकोले विशेष सावधानी अपनाउन जरुरी छ। यी सबै कुरालाई मन्त्रालयले गम्भीरतापूर्वक लिने र त्यसअनुसार कार्ययोजना बनाउने विश्वास दिलाउन चाहन्छु।’

मन्त्री पौडेलले संक्रमण रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरूलाई पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .