ad ad

समाज


‘गुरुको आवश्यकता भौतिक जीवन र अध्यात्म दुवैतिर’

‘गुरुको आवश्यकता भौतिक जीवन र अध्यात्म दुवैतिर’

नेपालखबर
साउन ६, २०८१ आइतबार २०:३१, काठमाडौँ

नेपाल मानव धर्म सेवा समितिले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न गरेको छ।

समितिको केन्द्रीय कार्यालय गौशालामा भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली बाइजीले मानव जीवनमा गुरुको महत्वको बारेका चर्चा गरिन्।

भौतिक जीवन सफल बनाउन अनेक गुरुहरूको आवश्यक्ता परेजस्तै आध्यात्मिक जीवनका लागि पनि गुरुको आवश्यक्ता पर्ने बताइन्। गुरुको सेवा गर्नु भनेको भजन, संत्सग, सेवा र दर्शनबाट बन्चित नरहन सुझाव दिइन्।

कार्यक्रमका प्रमुख अतिथी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले अहिलेको युवा पूस्ता सकारात्मक कुरालाई छाड्दै नकारात्मकतातिर अघि बढिरहेकोमा दुःख व्यक्त गरेका थिए।

कलेज जान हिँडेका युवाहरू अहिले दुर्व्यसनीमा फसिरहेको भन्दै उनले आध्यात्मिक जागरणले मात्र उनीहरूलाई सकारात्मक बाटोमा ल्याउन सक्ने बताए।

कार्यक्रममा मानव धर्म समितिकी महात्मा लता बाइजी, त्रिगुणा बाइजी र जगदम्बा बाइजीले गुरुको महत्वको बारेमा प्रकाश पारेका थिए।

यस्तै काठमाडौँ नहानगरपालिका वडा नम्बर ९ का सदस्य टेकराज अधिकारीले अहिलेको अवस्थामा आध्यात्मिक जागरण अति नै आवश्यक रहेको बताए।

गुरु पुजा कै अवसर पारेर समितिले यो वर्ष एसईई उत्तिर्ण गर्ने १७ जना विद्यार्थीलाई सम्मान गरेको थियो।

दुई दिवसीय कार्यक्रममा भक्ती संगीतका कलाकार तथा बाल सभाका कलाकारहरूले गुरुको महत्वको बारेका नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .